काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई ५ करोड सहुलियत ऋण लगानी गर्ने भएको छ । संस्थाले सहुलियत ऋण लगानी गर्न कारोना (कोभिड–१९) सहुलियत ऋण कोष स्थापना गरीसकेको संस्थाका प्रमुख ब्यवस्थापक केबी लामाले जानकारी दिए ।
उनले सदस्यहरुलाई अति आवश्यक सामाग्री खरिद गर्न, स्वास्थ्य उपचार गर्न, साना मझौला ब्यवसाय सुरु गर्न बिना धितो ऋण प्रदान गर्नलागेको बताए । संस्थाले सदस्यहरुलाई ६ महिनाकोलागि १० प्रतिशत ब्याजदरमा २५ हजारसम्म लगानी गर्ने लामाले जानकारी दिए । उनले यस अघि सदस्यहरुले लिएको ऋणको ब्याज बैशाख मसान्तसम्म चुक्ता गरेकालाई १५ प्रतिशत छुट दिएको र आगामी असार मसान्त सम्म लकडाउन भन्दा अगाडी देखि बाँकीरहेको ऋणको सम्पूर्ण ब्याज चुक्ता गरेमा १० प्रतिशत ब्याज तथा सम्पूर्ण हजार्ना समेत छुट दिने निणर्य भएको बताए ।
संस्थाले सम्पूर्ण कर्मचारी, संचालक समिति तथा उपसमितिहरुको कोरोना बीमा गरिदिएको र सदस्यहरुको पनि बीमा गरिदिने क्रममा रहेको लामाले जानकारी दिए । संस्थाको मुख्य कार्यलय सहित सातैवटा सेवा केन्द्रहरु नियमित रुपमा संचालन भएको र सदस्यहरुले गरेको नियमत कारोबारका कारण ऋण लगानी भन्दा निक्षेपको वृद्धि भएको, दैनिक २० लाख सम्म ब्याज संकलन भएको बताए । जिल्लामा प्रशासनले सातामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार मात्र संस्था खोल्न अनुमती दिएको छ ।
Leave a comment