भक्तपुर । सामूहिक साकोस भक्तपुरले आफ्ना सदस्यहरुको कोरोना बीमा शुरु गरेको छ । संस्थाले कोरोना भाइरस महामारीको सम्भावित आर्थिक क्षतिको जोखिमलाई कम गर्न संस्थाका शेयर सदस्य तथा सदस्यका परिवार र कर्मचारीहरुको बीमा सुरु गरेको हो । संस्थामा सदस्य, सदस्यको परिवार तथा संचालक र समिति, उपसमिति समेत गरीे हाल सम्म ७७ जना भन्दा बढिको बीमा गरि सकेको सस्थाले जनाएको छ ।
महामारी र लकडाउनको यस विषम परिस्थितिमा पनि ०७६ चैत्र २६ गते देखि संस्थाले निरन्तर बिहान ७ बजे देखि १ बजे सम्म सदस्यलाई सेवा दिई आइरहेकोमा उपत्यकामा पनि कोरोना संक्रमित भेटिन थालेकोले हाललाई बिहान ७ देखि १० बजे सम्म हप्ताको सातै दिन सेवा दिंदै आई रहेको जनाएको छ । यस अवधिमा संस्थाले बचत ऋण असुलीका साथै सदस्यको आवश्यक्ता अनुसार रु. १० लाख सम्मको ऋण लगानी गर्दै आइरहेको छ ।
त्यसैगरि सामूहिक साकोस र मध्यपुर थिमी नगरपालिका वडा नं ६ मा रहेको समता साकोस वीच एकीकरण कार्यक्रम सम्पन्न भएको छ । एकीकरण पश्चात सामूहिक साकोसको नामबाटै एकीकृत संस्था संचालन हुने भएको छ । गत वर्ष एक औपचारिक कार्यक्रम वीच सामूहिक साकोस, बुद्ध साकोस र समता साकोस वीच एकीकरणको घोषणा भएकोमा गत फागुन २९ गते बुद्ध साकोस संग एकिकरण भइसकेको छ भने जेष्ठ २१ गते समता साकोससंग पनि एकिकरण सम्पन्न भइसकेको छ ।
संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले सहकारी ऐन, नियमावली र हालै मात्र सरकारबाट प्रस्तुत बजेटले पनि सहकारी एकीकरणलाई प्रथमिकतामा राखेकोले अन्य संस्थालाई पनि एकिकरणका लागि आह्वान गरिएको बताए ।
Leave a comment