ललितपुर । कोरोना भाईरस (कोभिड १९) संक्रमण, रोकथाम तथा नियन्त्रण कोषमा सहकारी अभियानको तर्फबाट दश करोड सहयोग गरेको छ । अभियानले एकै दिन २७ लाख हस्तान्तरण गरिएको राष्ट्रिय सहकारी महासंघले जनाएको छ ।
महासंघले सहकारी अभियानको तर्फबाट नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जेठ २३ गते २७ लाख एक हजार ७ सय ६४ रुपैयाँ प्रदान गरेको हो । महासंघका अध्यक्ष मिनराज कँडेलले जेठ २३ गते उपप्रधान तथा रक्षा मन्त्री तथा कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई चेक हस्तान्तरण गर्दै कार्यक्रममा सहकारी अभियानले हालसम्म १० करोड बढि सहयोग गरिसकेको बताए ।
उपप्रधानमन्त्री पोखरेलले सहकारी क्षेत्रले तल्लो तहदेखि नै उल्लेखनीय ढंगले सहयोग गर्दै आएकोमा धन्यवाद दिदै सहकारी अभियानले विभिन्न माध्यमबाट कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण कार्यका लागि गरेको विवरण समेत उपलब्ध गराउन आग्रह गरे । चेक हस्तान्तरण कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल र महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको उपस्थिति थियो ।
Leave a comment