काठमाडौं । महामौद्धमा रहेको चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई ब्याज छुट दिने निर्णय गरेको छ । संस्थाले ५ देखि १० प्रतिशतसम्म ब्याज रकममा छुट दिने जनाएको छ । लकडाउनका कारण व्यवसाय ठप्प रहेको अवस्थामा संस्थाले सदस्यलाई राहत स्वरुप ब्याज रकममा छुट दिने निर्णय गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै संस्थाले कर्मचारीहरुको पनि कोरोना बिमा गरिदिएको जानकारी दिए । संस्थाले उच्च सर्तकता अपनाई दैनिक बिहान १० बजेदेखि २ बजेसम्म कार्यालय खोली सेवा प्रवाह गरेको श्रेष्ठले बताए । संस्थाले मोबाईल बैंकिङ सेवालाई उच्च प्राथमिकता दिएर आफ्नो सेवालाई निरन्तरता दिएको बताइएको छ ।
मोबाईल बैंकिङ सेवा नलिएका सदस्यको हकमा घरमै बसेर सेवा लिन सकिने व्यवस्था मिलाएको श्रेष्ठको भनाई छ । संस्थाको मोबाईल बैंकिङ सेवा प्रयोग गरी सदस्यले रिर्जाज, खानेपानी तथा विजुलीको बिल, रकम ट्रान्सफर लगायत धेरै सुविधा घरबाटै लिन सक्दछन् । संस्थाले सरकारले तोकेको ब्याजदरभन्दा पनि सस्तो १४ प्रतिशतमा कर्जा प्रवाह गर्दै आएको प्रमुख श्रेष्ठले बताए ।
Leave a comment