हाइलाइट

जेष्ट आईडियोलोजी साकोसले सल्लाहकार सहित कर्मचारी र समितिको कोरोना बीमा गरायो

जेष्ट आईडियोलोजी साकोसले सल्लाहकार सहित कर्मचारी र समितिको कोरोना बीमा गरायो :: Sahakari Akhabar

काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले संचालक समिति, लेखा समिति, सल्लाहकार, कर्मचारी र उप समितिका सदस्यहरुको कोरोना वीमा गरेको छ । कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरुको लगायत सबै समितिका पदाधिकारीहरुको कोरोना वीमा गरिएको संस्थाका अध्यक्ष राम प्रसाद आचार्यले जानकारी दिए ।

संस्थाले प्रधान कार्यालय न्यूरोेडसँगै पेप्सीकोला र मैतिदेवी सेवा केन्द्रहरुबाट लकडाउन अवधिमा पनि सदस्यहरुलाई घरदैलो सेवा दिईरहेकोले संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको जोखिमलाई मध्यनजर गर्दै कोरोना वीमा गरिएको संस्थाका कार्यकारी प्रमुख हेमबहादुर कार्कीले बताए ।

कोरोना वीमा गर्दा कसैमा कोरोनाको संक्रमण देखिएमा विमितले पिसिआर रिपोर्टको आधारमा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ देखिएमा एक लाख रुपैयाँ स्वास्थ्य खर्च पाउने तथा सो रकम लिनका लागि अस्पतालको रिपोर्ट पनि आवश्यक नपर्ने कार्कीले जानकारी दिए ।

कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै तीन स्थानीय तहहरुलाई २५ हजारका दरले सहयोग रकम समेत उपलब्ध गराएको संस्थाले सबै कर्मचारीसहित ७३ जनाको समुहगत रुपमा वीमा गरिएको कार्कीको भनाई छ । 
 



Leave a comment