हाइलाइट

मेगा ड्रिम सहकारीद्धारा सदस्य र कर्मचारीहरुको कोरोना बीमा 

मेगा ड्रिम सहकारीद्धारा सदस्य र कर्मचारीहरुको कोरोना बीमा  :: Sahakari Akhabar

काठमाडौं । माछापोखरी बालाजुमा रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य र कर्मचारीहरुको कोरोना बिमा गरिदिएको छ । संस्थाले कोरोना भाईरसको जोखिम बढेसँगै नियमित बचत तथा ऋणको कारोबार गर्ने सदस्यहरु र कर्मचारीहरुको कोरोना बिमा गरिदिएको हो ।

संस्थाले ल्याएको आकस्मिक बचत योजनामा सहभागी हुने सदस्यहरुको समेत संस्थाले बिमा गरिदिने जनाएको छ । संस्थाले कोरोना बिमा गराउन इच्छुक सदस्यहरुको लागि संस्थाले सहजिकरण गरेर बीमा गर्न सकिने संस्थाका प्रबन्ध सञ्चालक महाशंकर रेग्मीले जानकारी दिए ।

संस्थाले ब्याज रकममा समेत छुट दिने निर्णय गरेको छ । असार मसान्त सम्ममा व्याज तिर्ने सदस्यहरुको लागि १० प्रतिशत छुट दिने निर्णय गरेको छ । लकडाउनु सुरु भएदेखि नै संस्थाले आफ्नो सेवालाई निरन्तरता दिदै आएको र संस्थाले हाल कार्यालयबाट र घरदैलो सेवा दुबै प्रदान गर्दै आएको जनाएको छ ।
 



Leave a comment