हाइलाइट

सदस्य संस्थालाई प्रविधि प्रयोग गर्न बचत संघ झापाको अनुरोध

सदस्य संस्थालाई प्रविधि प्रयोग गर्न बचत संघ झापाको अनुरोध :: Sahakari Akhabar

झापा । जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य संस्थाहरुलाई प्रविधि प्रयोग गर्न अपिल गरेको छ । संस्थाको कारोबारलाई डिजिट्याइजेसन् गर्दै लान सुझाव दिएको छ । संघले जेठ २१ गते सूचना प्रकाशन गरी सदस्यहरुलाई वेबबिनार लगायतमा सहभागी गर्ने गराउने र आफू पनि विषयगत संघ, केन्द्रिय संघहरुले संचालन गरेका वेबिनार मिटिङ तथा तालिमा सहभागी हुन आग्रह गरेको छ ।

संघले संस्थाहरुको संचालक तथा लेखा समिति लगायतले नियमित भर्चुअल मिटिङ मार्फत संस्थाको कार्यक्रमहरुलाई निरन्तर र नियमित गर्न अनुरोध गरेको छ । साथै कर्मचारी तथा सदस्यहरुको कोरोना बीमा गर्न पनि सुझाएको छ । सदस्यहरुको बचत फिर्ता गर्न सहजीकरण गर्ने र बन्दा बन्दीको समयमा विषेश कर्जा लगानी तथा बचत योजना बनाई बनाई कार्यान्वयन गर्न तथा संस्थाको कारोबारलाई नियमित गर्न स्थानीय तथा प्रशासनसंग नियमित समन्वय सम्बन्ध विस्तार गर्न अनुरोध गरेको छ । 
 



Leave a comment