काठमाडौं । नैकापमा मुख्य कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारीले सदस्यहरुको कोरोना बीमा गरिदिने भएको छ । संस्थाले सूचना प्रकाशन गरी संस्थाका सम्पूर्ण सदस्यहरुलाई बीमामा सहभागी हुन अनुरोध गरेको छ ।
सदस्यलाई आर्थिक सुरक्षमा सहयोग गर्ने उद्धेश्यले संस्थाले निर्जीवन कम्पनीसंगको सहकार्यमा बीमा गरिदिने जनाएको छ । संस्थाले सदस्यको एक लाख बाराबरको बीमा गरिदिने भएको हो, यस बापत प्रति सदस्य लाग्ने ६ सय शुल्क मध्ये संस्थाले २ सय रुपैंया तिरीदिने जनाएको छ । बीमा कार्यक्रममा ३ महिना देखि ९९ वर्ष उमेर सम्मले सहभागी हुनसक्ने संस्थाले जनाएको छ ।
Leave a comment