ललितपुर । नेपाल बहुउद्देश्यी केन्द्रीय सहकारी संघले सदस्य सहकारी संघसंस्थाकालागि तरलता ब्यवस्थापन कोष संचालन कार्यबिधि बनाएको छ । केन्द्रीय संघले सदस्य सहकारी संघसंस्थामा तरलता अभावको कारण समस्या पर्न नदिन र वित्तिय जोखिम न्युनीकरण गर्न ‘तरलता ब्यवस्थापन कोष संचालन कार्यबिधि ०७७’ बनाएको हो ।
कार्यबिधिमा संघको सदस्यताप्राप्त सहकारी संघसंस्थाबाट कोषको खातामा न्युनतम् ५ लाख रहनु पर्ने ब्यवस्था गरेको छ । त्यसैगरी खाताको अबधी एक वर्षको हुने जनाएको छ । कोषबाट सदस्य संघसंस्थाको तरलता ब्यवस्थापनकालागि ६ महिनाकालागि मात्र कर्जा प्रदान गर्ने कार्यबिधिमा उल्लेख गरिएको छ ।
सदस्य संघसंस्थाको कोषमा जम्मा भएको रकमको २० प्रतिशत कर्जा ११ दशमलब ५ प्रतिशत देखि १२ प्रतिशतमा लगानी गर्ने, १ प्रतिशत ब्यवस्थापन शुल्क लाग्ने, शेयर खरिद गर्नुपर्नेलगायतका शर्त तोकिएको छ । कोषमा बचत गर्ने सदस्य संघसंस्थाले त्रैमासिक रुपमा ९ दशमलब ५ प्रतिशत ब्याज पाउने कार्यबिधिमा उल्लेख गरिएको छ ।
Leave a comment