सिन्धुली । धुराबजारमा रहेको सिन्धु बचत तथा ऋण सहकारीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लकडाउन अवधिमा रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भनी संस्थाको संयोजनमा रक्तदान अभियानको आयोजना गरिएको संस्थाका अध्यक्ष नवराज कोइरालाले बताए ।
जिल्लामा लामो समयदेखि बन्दाबन्दीले नियमित रक्तदान गर्ने क्याम्पहरु संचालन हुन सकिरहेको छैन । जसले रगतको आपुर्ति पर्याप्त मात्रामा हुन नसकेकाले मानिविय सम्वेदनासँग जोडिँदै महामारीमा सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै जीम्मेवारीका साथ रक्तदान अभियान चलाएको कोइरालाले बताए ।
विभिन्न सल्यक्रिया तथा नियमित रगत चडाउनु पर्ने मानिसहरुको मात्रा बक्लिएकाले रगतको माग बढेको आकस्मिक रक्तसंचार केन्द्रका इन्चार्ज कुसुम सुवेदीले बताइन् । लकडाउनको समयमा कोरोना भाईरसको डरका कारण रक्तदाताहरु आकस्मिक रक्तसञ्चार केन्द्रमा आई रक्तदान गर्न आह्वान गर्न पनि नसकिरहेको अवस्थामा अत्यावश्यक रगतको अभाव हुन नदिन सिन्धु बचत तथा ऋण सहकारी संस्थाले गरेको हातेमालोे प्रति रेडक्रस सोसाटीका सभापति अशोक श्रेष्ठले आभार व्यक्त गरे ।
सहकारी संस्थाको आयोजनामा सोमबार सिन्धुलीको आकस्मिक रक्तसंचार केन्द्रमा रक्तदानमा सम्पन्न भएको कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए । एकका लागि सबै सबैको लागि एक भन्ने सहकारीको मर्मलाई आत्मसाथ गर्दै सहकारीले लकडाउनमा समेत सहकारी खोलेर सदस्यहरुलाई निरन्तर सेवा दिदै आएको छ ।
२३४५ शेयर सदस्यहरुको साथमा १८ करोडको वित्तीय कारोबार गरिरहेको सिन्धु वचत तथा ऋण सहकारी संस्थाले लकडाउनको अवधिमा सदस्यहरुको आयस्रोत घट्दै गएकाले यस अवधिभरलाई ऋणको व्याज भुक्तानीमा १० प्रतिशत छुटको सेवा उपलव्ध गराएको छ ।
Leave a comment