भक्तपुर । गठ्ठाघरमा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुले लिएको कर्जाको ब्याजमा १५ प्रतिशतसम्म छुट सुबिधा दिने भएको छ । संस्थाले आर्थिक वर्षको असार २० गतेसम्म सम्पूर्ण सावा तथा ब्याज भुक्तानी गरेमा तेश्रो तथा चौथो त्रैमासमको ब्याज रकममा १५ प्रतिशत छुट दिने जनाएको छ ।
त्यसैगरी भुक्तानी गर्न बाँकी सम्पूर्ण ब्याज मात्र भुक्तानी गरेमा तेश्रो तथा चौथो त्रैमासमको ब्याज रकममा १० प्रतिशत छुट साथै हर्जाना रकममा सय प्रतिशत छुट दिने पनि निणर्य गरेको संस्थाका प्रवन्धक हरीहर भण्डारीले जानकारी दिए ।
Leave a comment