हाइलाइट

मिलिजुली कालिञ्चोक साकोसले बचतमा ब्याज थपिदिने

मिलिजुली कालिञ्चोक साकोसले बचतमा ब्याज थपिदिने :: Sahakari Akhabar

दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सदस्यले गरेको बचतमा ब्याज थप गरेर दिने भएको छ । संस्थाले मासिक दैनिक र बाल बचतमा जेठ र असारको कुल रकममा दैनिक मौज्दातको हिसाबमा शुन्य दशमलव ५ प्रतिशत ब्याज थप गरिदिने जनाएको छ ।

साथै संस्थाले ढिला बचत बापतको हर्जानामा सय प्रतिशत छुट दिने बताएको छ । संस्थाले ५ देखि १० प्रतिशत ब्याजमा छुट र हर्जानामा सय प्रतिशत छुट दिने पनि निणर्य गरेको संस्थाका ब्यवस्थापक ईश्वर न्यौपानेले जानकारी दिए । उनले बैशाख देखि असार मसान्त भित्र किस्ता वा ब्याज बुझाएमा बुझाउन बाँकी पुरै ब्याज मध्ये बुझाएको ब्याजमा छुट दिने निणर्य भएको बताए ।
 



Leave a comment