हाइलाइट

कुमारी साकोस २१ औं वर्षमा प्रवेश, संस्थाद्धारा स्मार्ट बैंकिङ सर्भिस

कुमारी साकोस २१ औं वर्षमा प्रवेश, संस्थाद्धारा स्मार्ट बैंकिङ सर्भिस :: Sahakari Akhabar

काठमाडौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी बचत तथा ऋण सहकारी २१ औं वर्षमा प्रवेश गरेको छ ।

२०५७ सालदेखि सेवामा निरन्तर संस्थाले सदस्यलाई प्रविधि मैत्रि बनाउँदै एटिएम सेवासमेत संचालनमा ल्याएको छ । संस्थाले मोवाइल बैंकिङ, एसएमएस सर्भिस, इन्टरनेट सर्भिस तथा एटिएम सर्भिसलगायतका स्मार्ट बैंकिङ सर्भिस संचालन गर्दै आएको छ ।

सदस्यहरुले कुमारी सेभिङको मोबाइल एपमार्फत संस्थामा रहेको खाताबाट सिधै बैंकमा रकम ट्रान्सफर गर्न मिल्ने सेवा संचालनमा ल्याएको जनाएको छ । साथै संस्थाले सदस्यहरुलाई ३६५ दिने सेवालाई निरन्तर संचालन गरिरहेको छ ।

कोरोना भाइरस संक्रमणमको त्रासमा नेपाल सरकारले गरेको लकडाउन (बन्दाबन्दी) को समयमा पनि सदस्यहरुलाई नियमित सेवा दिइरहेको जनाएको छ ।

संस्थाको आफ्नै भवन चाबहिल तथा सेवा केन्द्र कालीमाटी, ठमेल, साँखु र बालाजुबाट सदस्यहरुले बचत भुक्तानी, बचत जम्मा, रेमिटेन्स लगाएत एटिएम सेवा लिइरहेको संस्थाका अध्यक्ष सूर्यध्वज न्यौपानेले जानकारी दिए ।

उनले संस्था नीति बिधि र प्रविधिको प्रयोग गरी, संस्थाको काम कारोबार सदैब, चुस्त दुरुस्त, पारदर्शी र ब्यवस्थित बनाई सदस्यहरुको पहिलो छनोटको सहकारी बन्न सफल भएकोले सदस्यलाई नगदको सट्टा प्रविधीको प्रयोग गर्न सल्लाह दिएका छन् ।
 



Leave a comment