हाइलाइट

विपद् कोषमा सहकारी क्षेत्रको १० करोड योगदान

विपद् कोषमा सहकारी क्षेत्रको १० करोड योगदान :: Sahakari Akhabar

ललितपुर । नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारद्वारा स्थापित कोरोना रोकथाम, उपचार तथा नियन्त्रण कोषमा सहकारी क्षेत्रले १० करोड योगदान गरेको छ । तीन हजार वढी सहकारी संघसंस्था, सहकारी बैंकलगायतले दश करोड वढी योगदान गरिसकेको राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा सुब्बाले जानकारी दिइन् ।

उनले भनिन् तीनै तहका सरकार मार्फत सहकारीले गरेको आर्थिक तथा राहत सहयोग समेत गरेर कोषमा दश करोड सहयोग भइसकेको र सहयोग गर्ने क्रम जारी रहेकोले सहयोगको मात्रा बढ्छ । नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा संचालित मनमोहन मेमोरियल शिक्षण अस्पतालमा कोरोना नियन्त्रण सहकारी सेण्टर स्थापना गरिएको र उक्त सेन्टरकालागि २५ लाख सहयोग गरेको सुब्बाले बताइन् ।

यस्तै केही संघ / संस्थाहरुले नगद सहयोग गरेका छन् भने केही संघसंस्थाहरुले खाद्यान्न लगायतका सहयोग गरेको उनको भनाइ छ । सवैभन्दा वढी सञ्जाल विस्तार भएको यस क्षेत्रमा ३४ लाख ७ सय ३७ विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरूको गठन भई सहेको र ६५ लाख व्यक्तिहरूलाई सहकारीमा आबद्ध भएको सुब्बाले बताइन् । ३ सय २५ जिल्लास्तरीय संघहरु, २० विषयगत केन्द्रीय सहकारी संघहरू, १ राष्ट्रिय सहकारी बैंक सहित शीर्षस्थ निकायका रूपमा राष्ट्रिय सहकारी महासंघ क्रियाशिल रहेकोउनको भनाइ छ 

सहकारी क्षेत्रले कूल गार्हस्थ उत्पादनमा ४ प्रतिशत तथा वित्तीय क्षेत्रमा २१ प्रतिशत योगदान गरिरहेको र समुदायलाई वित्तीय पहुचका साथै उत्पादन, संकलन, प्रशोधन र वजारीकरणका एवं महिला तथा पिछडिएका वर्गहरूको क्षमता अभिवृद्धिका लागि सहकारीको योगदान महत्वपूर्ण रहेको उनले बताइन् ।

यसै सन्दर्भमा हाल विश्वव्यापी रूपमा देखा परेको कोभिड–१९ को संक्रमणलाई रोक्न र सक्रमण पश्चात उत्पन्न हुने सामाजिक आर्थिक चुनौतीहरुलाई सहजिकरण गर्न सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिका तथा आगामी वजेटमा सहकारी क्षेत्रसंग सम्वन्धित समेटिनुपर्ने विषयहरूको प्रतिवेदन बुझाएको जानकारी दिइन् ।

कोरोना भाइरस (कोभिड १९) ले विश्व नै संकटमा भएको बेला सहकारीमा समस्या आउन नदिन नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ(नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकले तरलता व्यवस्थापन कोष सञ्चालनमा ल्याएका छन् । नेफ्स्कून र सहकारी बैंकले संयुक्त रुपमा एक अर्वको कोष स्थापना गरेका छन् ।



Leave a comment