काठमाडौं । पुरानो बानेश्वरमा रहेको मातृशक्ती बचत तथा ऋण सहकारी संस्थाले ३ सय जना मजदुरलाई राहत बितरण गरेको छ । संस्थाले दैनिकरुपमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुरहरुलाई खाद्यान्न वितरण गरेको हो ।
संस्थाकी अध्यक्ष सीता दाहाल भट्टराइको संयोजकत्वमा संस्थाले लकडाउनमा ज्याला मजदुरी गर्न नपाएर समस्यामा परेकाहरुकालागि दाल चामल, तेल नुन, चिउरा, साबुन लगाएतको सामाग्री वितरण गरेको जनाएको छ । संस्थाले पटक पटक गरी ९० हजार बराबरको खाद्यान्न बितरण गरेको अध्यक्ष भट्टराइले जानकरी दिइन् ।
राहत बितरण कार्यक्रममा काठमाडौं मानगरपालिका वडा नम्बर ९ का प्रतिनिधि श्रीराम राई, टेकराज अधिकारी, श्रृजना भेटवालको उपस्थितिमा संस्थाका सल्लाहकार, संचालक तथा प्रवन्धक मणि आचार्य लगाएतको सहभागीता रहेको अध्यक्ष भट्टराइले जानकरी दिइन् ।
Leave a comment