काठमाडौं । चाबहिलमा रहेको नवरस बचत तथा ऋण सहकारीले मंगलबार र शुक्रबार दुई दिनमात्र कार्यालय खोल्ने जनाएको छ । संस्थाले २० गतेसम्म मंगलबार र शुक्रबार दुई दिन दिनको दुई घण्टा बिहान साढे ७ बजेदेखि साढे ९ बजेसम्म कार्यालयबाट खोलेर सेवा दिने जनाएको हो ।
सदस्यले संस्थामा आउँदा सुरक्षा विधि अपना आग्रह गर्दै उक्त समयमा सिमित बचत भुक्तानी र बचत जम्मा तथा ऋणको किस्ता बुझाउन सकिने जनाएको छ । संस्थाले कोरोना भाइरस संक्रमणलाई न्युनीकरण गर्ने उद्धेश्यले नेपाल सरकारले लागु गरेको बन्दाबन्दीलाई पूर्ण पालना गर्दै सदस्यहरुलाई सुरक्षित रहेर कारोबार गर्न अनुरोध गरेको छ ।
Leave a comment