तपाईहाम्रो सहकारीले आजदेखि सम्पर्क ब्यक्तीमार्फत सेवा दिने

तपाईहाम्रो सहकारीले आजदेखि सम्पर्क ब्यक्तीमार्फत सेवा दिने :: Sahakari Akhabar

काठमाडौं । नैकापमा मुख्य कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारीले आज १२ गते सोमबारदेखि सम्पर्क ब्यक्तीमार्फत सेवा दिने भएको छ । संस्थाले कोरोना भाइरस संक्रमणलाई न्युनीकरण गर्ने उद्धेश्यले नेपाल सरकारले लागु गरेको बन्दाबन्दीलाई पूर्ण पालना गर्दै सम्पर्क ब्यक्ती मार्फत सेवा दिने जनाएको छ ।

यस अघि संस्थाले नियमितरुपमा बिहान साढे ७ बजे देखि १० बजेसम्म संस्थाबाट सेवा प्रदान गर्दै आएको थियो । संस्थाले तोकेको सम्पर्क ब्यक्तीलाई मुख्य कार्यालय तथा सदस्य सेवा केन्द्रका सदस्यहरुले अत्याबश्यक सेवा लिन सक्ने जनाएको छ ।



Leave a comment