मुनाल साकोसको सेवा एक बजेसम्म

मुनाल साकोसको सेवा एक बजेसम्म :: Sahakari Akhabar

काठमाडौं । गोंगबुमा मुख्य कार्यालय रहेको मुनाल बचत तथा ऋण सहकारी संस्थाले दिउँसो १ बजेसम्म सेवा दिइरहेको छ । संस्थाले कोरोना भाइरस संक्रमणमको त्रासमा नेपाल सरकारले गरेको लकडाउनको पालना गर्दै बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म कार्यालय खोलेर सेवा दिईरहेको संस्थाका प्रवन्धक देबकुमार श्रेष्ठले बताए ।

उनले भने ‘सहकारी संस्थाको सेवा नियमित दिनुपर्ने भएपनि कार्यालयसम्म पुग्नको लागि सवारी पास नहुँदा संस्था बन्द गर्नुपर्ने बाध्यता छ ।’ संस्थाले सवै कर्मचारीहरुको कारोना बीमा पनि गरिदिएको बताएका छन् ।संस्थाले प्रधान कार्यालय गोंगबु तथा सदस्य सेवा केन्द्र तारकेश्वर ८ जरंखुले सदस्यहरुलाई  सिमित  कर्मचारीबाट रेमिटेन्सलगाएत अन्य सेवा दिइरहेको श्रेष्ठले बताए । 
 



Leave a comment