भक्तपुर । शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाले सम्पर्क ब्यक्तीमार्फत सदस्यलाई सेवा दिने भएको छ । कोरोना भाईरस संक्रमण्को त्रासमा नेपाल सरकारले जेठ २० गते सम्मकालागि लकडाउनको समय तोकेको हुँदा सम्पूर्ण संघसंस्थाहरु बन्द रहेपनि संस्थाका सदस्यलाई अत्याबश्यक कामकालागि सेवा लिन संस्थाले सम्पर्क ब्यक्ती तोकेको जनाएको छ ।
लकडाउनको समयमा कार्यालय खोलेर सदस्यलाई सेवा दिन गृहले पत्र जारी गरे पनि सहकारी विभागले सहकारी संघ संस्थालाई सवारी पास नदिएकोले अधिकांश सहकारीहरु नियमित कार्यालय खोलेर सेवा दिन असमर्थ भएका छन् । सहकारी महासंघले पनि रकमको सिमा तोकेर, सम्पर्क ब्यक्ती मार्फत सेवा दिनु भनेकोले संस्थाले लकडाउनको पूर्ण पालना गर्दै सम्पर्क ब्यक्ती मार्फत सेवा दिने बताएको छ । संस्थाले सदस्यलाई अत्याबश्यक सामाग्री खरिद गर्न तथा स्वास्थ्य उपचारकालागि आबश्यक पर्ने बचत रकम साताको प्रति ब्यक्ती २० हजार दिने जनाएको छ ।
Leave a comment