अभिवादन सहकारीले तोक्यो सम्पर्क व्यक्ति

अभिवादन सहकारीले तोक्यो सम्पर्क व्यक्ति :: Sahakari Akhabar

ललितपुर । सिद्धिपुरमा रहेको अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाले सदस्इलाई सेवा दिन सम्पर्क ब्यक्ती तोकेको छ । संस्थाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिम न्यूनिकरण गर्न संस्थाले अर्को सूचना जारी नहुञ्जेल सम्मका लागि कार्यालय बन्द गरेको जनाएको हो ।

मुलुकका विभिन्न क्षेत्रमा फैलिएको कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा समेत देखिन थालेपछि संस्थाले नेपाल सरकारले जारी गरेको लकडाउनलाई पूर्ण पालना गर्दै कार्यालय बन्द गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष किशोर महर्जनले बताए । उनले लकडाउनको समयमा कुनै सदस्यलाई अत्यावश्यक सेवा चाहिएमा मोबाईल नम्बर ९८५११२३७१५ वा संजिव महर्जनलाई ९८४१४४९१५२ मा सम्पर्क गर्न आग्रह गरे ।



Leave a comment