काठमाडौं । बसुन्धरामा रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको कोरोना बीमा गर्न सुरु गरेको छ । संस्थाले हाल कर्मचारीहरुको बीमा गरिसकेको र सदस्यहरुलाई बीमाकालागि नाम दर्ता गराउन अनुरोध गरेको छ ।
संस्थाले ओरेण्टल इन्सुरेन्स कम्पनीसंगको सहयोगमा कर्मचारी तथा सदस्यको एक लाखको बीमा गरिदिने र बार्षिक प्रति सदस्य ६ सय रुपैंया मात्र बीमाङ्ग तिर्नु पर्ने संस्थाका प्रवन्ध संचालक सिताराम काफ्लेले बताए ।
कोरोना भाइरस संक्रमणको त्रासका कारण सरकारले देशमा लकडाउन गरेको र लकडाउनको अवधि पनि थपिदै गएकोले संस्थाका सदस्यहरुलाई सेवा दिन जोखिम हुने भन्दै संस्थाले कर्मचारी तथा सदस्यको बीमा गरिदिने भएको हो ।
संस्थाले लकडाउनको समयमा पनि नियमित रुपमा बिहान १० बजेदेखि दिउँसो ४ बजे सम्म कार्यालय खोलेर सेवा दिइरहेकोले सदस्यले आवश्यक परेको समयमा आफूलाई सुरक्षित रहँदै लकडाउनको पालना गरी संस्थाबाट सेवा लिन सक्ने काफ्लेले बताए ।
Leave a comment