काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले सरकारको कोरोना संक्रमण रोकथाम तथा राहत कोषमा २ लाख ३ हजार सहयोग गर्ने जनाएको छ । संस्थाले बाग्मती प्रदेश सरकारको राहत कोषमा १ लाख १ हजार, काठमाडौं महानगरपालिका वडा नम्वर ९को कोषमा ५१ हजार र वडा नम्वर २४ को कोषमा ५१ हजार रुपैंया सहयोग गर्ने निर्णय गरेको छ ।
साथै संस्थाले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दे नेपाल सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्दै सदस्यलाई सेवा दिन कर्मचारीहरुलाई घरबाटै सेवा दिन मिल्नेगरी प्रवन्ध गरेको र कार्यालय बन्द रहेपनि सम्पर्क ब्यक्ती मार्फत सेवा दिने बताएको छ । संस्थाले जेठ मसान्त सम्म कर्जाको किस्ता तिर्ने सदस्यहरुलाई पछिल्लो दुई महिनाको ब्याजमा १० प्रतिशत छुट दिने तथा संस्थाको डिजिटल प्रविधि निशुल्क प्रयोग गर्न मिल्ने गरेको जनाएको छ ।
Leave a comment