हाइलाइट

जेष्ट साकोसद्धारा कर्मचारीको एक लाखको कोरोना विमा

जेष्ट साकोसद्धारा कर्मचारीको एक लाखको कोरोना विमा :: Sahakari Akhabar

काठमाडौं । गोंगबुँमा रहेको  जेष्ट बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बिमा गरेको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेकाले सम्पूर्ण कर्मचारीहरुको कोरोना बिमा गरिएको संस्थाका कार्यकारी प्रमुख मधुसुधन पाठकले बताए ।

संस्थाले लकडाउनको अवधिमा पनि सदस्यहरुलाई घरदैलो सेवा दिईरहेको तथा यो अवधिमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको जोखिमलाई मध्यनजर गर्दै बिमा गरिएको संस्थाका कार्यकारी प्रमुख पाठकले भने ।

कोरोना बिमा गर्दा विमितले पोलीमरेज चेन रिएक्सन पिसिआर रिपोर्टको  आधारमा रिपोर्ट पोजेटिभ देखिएमा एक लाख रुपैयाँ पाउनेछन् । यसका लागि अस्पतालको रिपोर्ट भने आवश्यक पर्ने छैन । समुहगत रुपमा संस्थाका एक सय ५० जना कर्मचारीको बिमा गरिएको पाठकले बताए ।



Leave a comment