हाइलाइट

संस्थाको एप प्रयोग गरी सुरक्षित रहन हिलटप जुनार सहकारीको अनुरोध

संस्थाको एप प्रयोग गरी सुरक्षित रहन हिलटप जुनार सहकारीको अनुरोध :: Sahakari Akhabar

काठमाडौं । तीनकुनेमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारीले सदस्यहरुलाई सम्पूर्ण कारोबारमा नगदको सट्टा डिजिटल प्रविधि प्रयोग गर्न अनुरोध गरेको छ ।

संस्थाले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणको कारण नेपाल सरकारले गरेको लकडाउनको पालना गर्दै संस्थामा भिड गरेर सदस्यलाई सेवा दिन जोखिम हुने भएकोले डिजिटल प्रविधि प्रयोग गरी सुरक्षित रहन आग्रह गरेको छ ।

साथै कार्यालय बन्द रहेको अवस्थामा सदस्यलाई पर्न सक्ने समस्याको समाधानको लागि आफ्नो मोवाइलमा हिलटप जुनार नामको एप्लिकेशन डाउनलोड गरी लकडाउनको अवधि भरी निशुल्क प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

एपको प्रयोग पसलमा सामान खरिद गर्दा क्यूआर कोड मार्फत रकम भुक्तानी गर्न, विजुली र टेलिफोनको महसुल भुक्तानी गर्न, मोवाइल रिचार्ज गर्न, ईन्टरनेटको विल भुक्तानी गर्न, संस्थामा गर्नुपर्ने वचत र लिएको ऋणको किस्ता भुक्तानी गर्न प्रयोग गर्न सकिने संस्थाका प्रवन्धक सुमन थापाले बताए ।

उनले बैंकबाट संस्थाको खातामा रकम ट्रान्सफर गर्न, मनि ट्रान्सफर गर्न, स्टेटमेन्टहरु चेक गर्नपनि सकिने जनाएका छन् । साथै यसबाहेक थप जानकारी लिन वा अन्य सेवा लिन परेमा ९८५१०१६४७३ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । 
 



Leave a comment