ललितपुर । महालक्ष्मीस्थानमा रहेको अपेक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सम्पर्क ब्यक्ती तोकेर सेवा दिने बताएको छ । संस्थाले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणको कारण नेपाल सरकारले गरेको लकडाउनको पालना गर्दै संस्था खोलेर सदस्यलाई सेवा दिन जोखिम हुने भन्दै सम्पर्क ब्यक्तीमार्फत सेवा दिने बताएको छ ।
संस्थाले कर्मचारीहरू र सदस्यहरूको जीवनरक्षाको लागि बैशाख २ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्म कार्यलय बन्द रहने संस्थाका अध्यक्ष नविन तिमल्सिनाले बताए । उनले अति आवश्यक प्रयोजनकोलागि नबिन तिमल्सिना ९८४१८३५५४७, दिपक सन्जेल ९८४९७५११५३, सरिता घिमिरे ९८४९१००१२६ र उमेश तिमल्सिनासंग ९८४१११२६७२ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
Leave a comment