हाइलाइट

सवारी पासको बारेमा महासंघको आधिकरिक धारणा आइतबार आउने 

तत्काल सम्भावना छैन : अवस्था हेरेर सहकारीले सेवा दिनु 

सवारी पासको बारेमा महासंघको आधिकरिक धारणा आइतबार आउने  :: Sahakari Akhabar

काठमाडौं । उपत्यकाका जिल्ला सहकारीसंघको बैठकले सहकारी संस्था खोल्नकालागि सवरीपासको समन्वय गर्न नसक्ने भन्दै आवश्यकता हेरेर सम्भावना भएसम्ममात्र सेवा दिन अनुरोध गरेको छ ।

उपत्यका ३ जिल्लाका सहकारी संघहरु र बिषयगत सबै संघहरुका अध्यक्षहरुको संयुक्त बैठकले कोरोना संक्रमणको अवस्था दिनदिनै बढेको र राज्यले लकडाउनलाई कडाई गरेकोले सवारीपासको ब्यवस्था गर्न नसकिने निश्कर्ष निकालेका हुन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, सहकारी बिभागका रजिस्ट्रार डा. टोकराज पाण्डे, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेती, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल तथा विषयगत संघका अध्यक्षहरुको भच्र्यूअल बैठकले अनुकुलताको आधारमा सम्भब भए सम्म सम्पर्क ब्यक्ती तोकि सेवा दिने र सम्भब नभए परिस्थिति अनुकुल नहुन्जेल लकडाउनको पुर्ण पालना गरि सुरिक्षित रहन आग्रह गरेको छ । महासंघको आधिकरिक धारणा भने आइतबार आउने बताइएको छ ।

उता सहकारी विभागले तत्काल सवारीपास उपलब्ध गराउन नसकिने र कसैलाई पनि नदिएको बताएको छ । सहकारी संस्थाका कर्मचारी, सञ्चालकको लागि सवारी पास दिन गृह मन्त्रालय र सम्बन्धीत मन्त्रालयबाट परिपत्र नआएका कारण सहकारी विभागले पास उपलब्ध गराउन नसकिने जनाएको छ ।

केही दिन अघि उपत्यकाका जिल्ला संघहरुको बैठकले सहकारी संस्थाहरुकोलागि पासको प्रशासनलाई समन्वय गरिदिन आधिकारिक पत्र लेखेको थियो । सहकारी मन्त्रालयले पहल नगर्दा सहकारीसंस्थाहरुले सवारी पास पाएका थिएनन् । सरकारले कोरोना संक्रमणको संख्या बढेसंगै लकडाउनलाई कडाई गरेकोले अत्याबश्यक सेवामा पनि कटौती गरेको छ ।

ललितपुर बचत संघले तोक्यो सम्पर्क ब्यक्ती 

त्यसैगरी ललितपुर बचत संघले सम्पर्क ब्यक्ती तोकेर कार्यालय बन्द गरेको छ ।  संघले संसारभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउनकालागि सदस्यको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी हाललाई संघको कार्यालय बन्द रहने जनाएको छ । संस्थाहरुलाई समस्या परेमा सन्तोष बजगाई ९८५११५४७२३ र दिनेश घिमिरे ९८४९७५१२१५ मा सम्पर्क गरी सेवा लिन अनुरोध गरेको छ । 



Leave a comment