काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई निशुल्क स्मार्ट बैंकिङ सेवा उपलब्ध गराउने जनाएको छ । कारोना संक्रमणको जोखिमलाई कम गर्न संस्थाले सदस्यहरुलाई आसार मसान्त सम्म निशुल्क स्मार्ट बैंकिङ सेवा दिने संस्थाका अध्यक्ष भोलानाथ पाठकले जानकारी दिए ।
संस्थाले सदस्यको आबश्यकतालाई ध्यानमा राखि पाँचतारा स्मार्ट बैंकिङ एप संचालनमा ल्याएको बताए । उनले सवै सदस्यहरुलाई निशुल्क उपलब्ध गराइने हुनाले सदस्यहरुले नगद भन्दा डिजिटल प्रविधिमार्फत कारोबार गर्न अनुरोध गरे ।
Leave a comment