हाइलाइट

सितापाइला सहकारीले आजको आजै एटिएम कार्ड दिने

सितापाइला सहकारीले आजको आजै एटिएम कार्ड दिने :: Sahakari Akhabar

काठमाडौं । सितापाईला बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई एक दिनमै एटिएम कार्ड उपलब्ध गराउने जनाएको छ । संस्थाले सदस्यको अनुरोधमा इन्सटेण्ट एटिएम मोबाइल बैकिङ सेवा सुरु गरेको संस्थाका अध्यक्ष केदार मानन्धरले बताए ।

कारोना संक्रमणको त्रासका कारण मुलुकमा भएको निरन्तर लकडाउनका कारण वित्तिय संस्था बन्द रहेपनि सदस्यहरुलाई वित्तिय संकट टार्न एटिएम कार्ड मार्फत कारोबार गर्न सजिलो हुने मानन्धरको भनाई छ ।

संस्थाले दैनिक सिमित समयसम्म निरन्तर कार्यालय खोलेर सेवा दिएको र सदस्यको घरदैलो सेवा पनि प्रदान गरिरहेको छ । अझ छिटो र सुरक्षित तथा प्रभावकारी सेवाकालागि संस्थाले एटिएम, मोबाइल बैंकिङ एपस्, क्युआर कोर्ड, आइपिएस मार्फत भुक्तानि र फण्ड ट्रान्जेक्सन गर्न अनुरोध गरेको छ । 
 



Leave a comment