नवलपरासी । गैंडाकोट ७ मा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्थाले मोबाइल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । संस्थाले २९ गते २५ औं वार्षिकोत्सव मनाएको अवसरमा सदस्यहरुको सहजताकालागि मोबाइल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको जनाएको छ ।
सदस्यले मोबाइल बैंकिङ्ग सेवाबाट घरमै बसेर विद्युत, खानेपानी, टेलिफोनलगाएत इन्टरनेटको बिल भुक्तानी गर्न मिल्ने र दैनिक ५ हजार रुपैयाँसम्म टपअप गर्न मिल्ने संस्थाले जनाएको छ । सेवा शुभारम्भको गैंडाकोट वडा नं. ७ का वडा अध्यक्ष चोलानाथ उपाध्यायले सेवाको उद्धघाटन् गरेका थिए ।
संस्थाका व्यवस्थापक कृष्णप्रसाद सापकोटाले मोवाइल बैंकिङ्ग सदस्यहरुलाई निःशुल्क प्रदान गरिने बताए । उनले लकडाउनका बेलामा समेत दैनिकरुपमा २ घण्टा सेवा प्रवाह भइरहेको जानकारी दिए । संस्थाका अध्यक्ष लक्षुमण ओझा तथा उपाध्यक्ष भिमप्रसाद सापकोटा, सचिव वेदप्रसाद चालिसे, संस्थापक अध्यक्ष गोविन्दप्रसाद सापकोटा, निवर्तमान अध्यक्ष तारापति त्रिपाठी, गैंडाकोट वडा नं. ७ का वडा सदस्य ईश्वरीप्रसाद चापागाइँ, सञ्चालक समिति, लेखा समिति र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Leave a comment