हाइलाइट

सहकारीले संकलन गरेको दैनिक साढे दुईलाख लिटर दुध खेर जान्छ 

सहकारीले संकलन गरेको दैनिक साढे दुईलाख लिटर दुध खेर जान्छ  :: Sahakari Akhabar

काठमाडौं । कारोना भाइरस संक्रमणको त्रासमा नेपाल सरकाले गरेको लकडाउनका कारण सहकारीहरुले संकलन गरेको दूध दैनिक साँढे दुई लाख लिटर खेर गइरहेको सहकारीकर्मीले बताएका छन् ।

केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका कोषाध्यक्ष कृष्णप्रसाद सापकोटाले निजी डेरीलेको लकडाउनको बहाना देखाएर सहकारीले संकलन गरेको दूध उठाउन छोडेको बताए ।

बैशाख २९ गते नेपाल सरकारको आर्थिक विधेयक, नीति तथा कार्यक्रम र वजेटमा सहकारी क्षेत्रसंग सम्वन्धित समेटिनुपर्ने विषय सम्वन्धी सुझाव संकलन गर्न अर्थ समितिले बोलाएको बैठकमा कोषाध्यक्ष सापकोटाले सहकारीको आफ्नै धुलो दूध कारखाना स्थापनाकालागि बजेटमा रकम बिनियोजन गर्न सुझाव दिंदै सहकारी मार्फत दैनिक ६ लाख लिटर दूध संकलन हुँदै आएको जानकारी दिए ।

उनले निजी डेरीहरुले कोटा प्रणालीबाट दूध संकलन गर्ने गरेको र अघोषितरुपमा मिल्क होलिडे गरेर दुख दिएकोले सहकारीबाटै पाउडर प्लाण्ट स्थापनाकोलागि अनुरोध गरे । उनले केन्द्रिय दुग्घ सहकारी संघ मार्फत १० करोड अनुदानको ब्यवस्था गर्न पनि समितिलाई सुझाए ।

उनले किसानलाई ब्यवसाय प्रवद्र्धन र संस्था सुढेणीकरणकालागि केन्द्रिय संघ मार्फत अनुदान जानु पर्ने बताए । उनले किसानलाई दिने ब्याज अनुदानहरु हरु सहकारी मार्फत दिने बाताबरण मिलाइएन बास्तबिक किसानले नभइ पहुँचवाला र ब्यापारीले मात्र फाइदा उठाउने बताए ।

चिस्यान केन्द्रमा अनुदान, दूग्ध पदार्थ, घाँसेदाना लगाएतका उत्पादन गर्ने सहकारी उद्योग स्थापनाालागि सामान आयतमा भन्सार छुट तथा ७५ प्रतिशत अनुदान र सहयोग दिनु पर्ने बताए । साथै गाई भैंसी पकेट क्षेत्र र सुपरजोन क्षेत्र भोषणा गर्न अनुरोध गरे ।
 



Leave a comment