काठमाडौं । चावहिल, मित्रपार्कमा रहेको तिर्थ बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई कर्जाको ब्याजमा छुट दिने भएको छ ।संस्थाको हालै बसेको संचालक समितिको बैठकले लकडाउनका कारण समस्यामा परेका ऋणी सदस्यहरुलाई कर्जाको किस्ता वा ब्याज बुझाउँदा पाँच देखि १० प्रतिशत सम्म छुट दिने निर्यण गरेको हो ।
यसैगरी संस्थाले लकडाउनको समयमा शनिबार र सार्वजनिक विदाको दिन बाहेक अन्य दिन बिहान १० बजे देखि दिउँसो एक बजे सम्म कार्यालय संचालन गर्ने जनाएको छ । यस अवधिमा तरलता व्यवस्थापनलाई मध्यनजर गर्दै संस्थाले एक जना सदस्यलाई एक हप्तामा अधिकतम २० हजार रुपैयाँ सम्म मात्र निक्षेप भुक्तानी दिने भएको छ ।
Leave a comment