हाइलाइट

नगद भन्दा स्मार्ट बैंकिङ्ग सेवा प्रयोग गर्न श्री लालीगुराँस सहकारीको अनुरोध 

नगद भन्दा स्मार्ट बैंकिङ्ग सेवा प्रयोग गर्न श्री लालीगुराँस सहकारीको अनुरोध  :: Sahakari Akhabar

ललितपुर । पुल्चकमा केन्द्रिय कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना भाईरसको संक्रमणलाई ध्यानमा राख्दै आफ्ना सदस्यहरुलाई सम्भव भएसम्म नगदको कारोबार भन्दा स्मार्ट बैंकिङ्ग सेवा प्रयोग गर्न अनुरोध गरेको छ ।

संस्थाले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न संस्थाले संचालन गरेको श्री लालीगुराँश स्मार्ट बैंकिङ्ग सेवा प्रयोग गर्न अनुरोध गरेको हो । साथै संस्थाले २०७७ बैशाख २९ गते देखि सदस्यहरुलाई सेवा थप गरेको जनाएको छ । संस्थाले बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खोल्ने जनाएको छ भने उक्त समयमा ब्यक्तीले ५० हजारसम्म र संस्थागत ३ लाख सम्म नगद झिक्न पाउने साथै कर्जा भुक्तान गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।
 



Leave a comment