हाइलाइट

तालिम केन्द्रकालागि महासंघले माग्यो पाँच करोड

तालिम केन्द्रकालागि महासंघले माग्यो पाँच करोड :: Sahakari Akhabar

काठमाडौं । सहकारीको राष्ट्रियस्तरको तालिम केन्द्र निमार्णकालागि महासंघले पाँच करोड रुपैंया विनियोजन गर्न मन्त्रालयलाई सुझाव दिएको छ । बैशाख २९ गते नेपाल सरकारको आर्थिक विधेयक, नीति तथा कार्यक्रम र वजेटमा सहकारी क्षेत्रसंग सम्वन्धित समेटिनुपर्ने विषय सम्वन्धी सुझाव संकलन गर्न अर्थ समितिले बोलाएको बैठकमा महासंघले तालिम केन्द्रकोलागि रकम बिनियोजन गर्न भनेको हो ।

महासंघको तर्फबाट सुझाव राख्दै अध्यक्ष मिनराज कंडेलले महासंघको भक्तपुरमा रहेको जग्गामा अन्तराष्ट्रियस्तरको तालिमकेन्द्र निर्माणकालागि पहिलो चरणमा पाँच करोड रुपैंया आगामी बजेटमा बिनियोजन गर्न सुझाएका हुन् । उनले महासंघ संगै सहकारी बैंक र नेफ्स्कूनले पनि सहकारीका तालिम केन्द्रकालागि आगामी बजेटमा रकम बिनियोजन गर्न भनेका छन् ।

त्यसका साथै सहकारी मार्फत प्रविधिमैत्री सेवा प्रदान गर्न कानुनी असहजता रहेकोले सहजताकालागि पहल गर्न अनुरोध गरे । राष्ट्रिय सहकारी बैंकलाई क्लियरिङ हाउसको सदस्यता प्रदान गर्ने नीतिगत व्यवस्था हुनुपर्ने बताए । सहकारी संघसंस्थाहरूको व्यवसायमा असर परेको भन्दै ४७ वटा कानुन सहकारी क्षेत्रलाई काम गर्न वाधा परेको हुँदा उक्त ऐनहरु संशोधन हुनुपर्ने बताए ।

छलफलमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, सहकारी बैकका अध्यक्ष केबी उप्रेती, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेमबहादुर पाठक, तरकारी फलफूल केन्द्रिय सहकारी संघका अध्यक्ष बिनोद पराजुली, दुग्ध सहकारी केन्द्रिय संघका कोषाध्यक्ष कृष्णप्रसाद सापकोटा र राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रा सुब्बाको उपस्थित रहेको थियो ।



Leave a comment