हाइलाइट

सहकारी बैंकद्धारा २९ गतेदेखि निशुल्क अनलाइन कर तालिम  

सहकारी बैंकद्धारा २९ गतेदेखि निशुल्क अनलाइन कर तालिम   :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संघ संस्थाकालागि निशुल्क अनलाइन सहकारीको कर विषयमा तालिम दिने भएको छ । लकडाउनको समयमा समयको सदुपयोग गरी आफ्ना सदस्य सहकारी संघ संस्थाहरुकालागि परामर्श दिने उद्धेश्यले बैशाख २९ गते देखि जेष्ठ १ गते सम्म सहकारी क्षेत्रको करः ब्यवस्था, ब्यवहारिक पद्धती र तरीका विषयमा तालिम सञ्चालन गर्न लागेको हो ।

राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको तालिम दिउसो २ः३० बजे देखि ४ बजेसम्म सञ्चालन हुनेछ भने, तालिमको राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सहजीकरण तथा सिए बिषेश बिभु आचार्यले प्रशिक्षण दिने जनाइएको छ ।
 



Leave a comment