काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको चावहिल सेवाकेन्द्रले लकडाउनका कारण विपद्मा परेकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।
संस्थाले सदस्य तथा गैरसदस्य गरी ५५ जनालाई जनही १३ किलो चामल, एक किलो दाल, एक किलो नुन, एक लिटर तेल र एक किलो मस्यौरा राहत बितरण गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नम्वर ७ को संयोजनमा, दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने लगाएतका विपन्न सदस्य तथा गैर सदस्यहरुलाई राहत पुगोस् भन्ने उद्धेश्यले सहयोग गरेको संस्थाका चाबहिल सेवाकेन्द्र प्रमुख पुरनबहादुर कुँवरले जानकारी दिए । संस्थाले विपल ब्यवस्थापन ससिमति पनि बनाएको छ ।
केही दिन अघि भक्तपुरमा दृष्टिविहीन तथा शारिरीक रुपमा असक्त १७ परिवारलाई वडा कार्यालयको संयोजनामा ग्याँस सिलिण्डर लगाएत खाद्यान्न खरिदकालागि नगद समेत सहयोग गरेको बताए । उनले ४७ जना दृष्टिविहिन तथा शारिरिक रुपमा अशक्त व्यक्ति लाभान्वित भएको बताए ।
Leave a comment