हाइलाइट

धुर्मुस सुन्तिली पाउण्डेसन र प्रतिभा सहकारीले निशुल्क खाना खुवाउने

धुर्मुस सुन्तिली पाउण्डेसन र प्रतिभा सहकारीले निशुल्क खाना खुवाउने :: Sahakari Akhabar

ललितपुर । विश्वब्यापी माहामारीका रुपमा फैलिएको कारोना भाईरस संक्रमण रोकथमकालागि नेपाल सरकारले गरेको लकडाउनले विपद्मा परेकाहरुकोलागि धुर्मुस सुन्तिली पाउण्डेसन र प्रतिभा सहकारीले निशुल्क खाना खुवाउने भएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर ५, १३ र १४ मा रहेका अति विपन्न, असाहय र दैनिक ज्यालादारी गर्न नपाई जीवनयापनमा कठिनाइ भएकाहरुकोलागि धुर्मुस सुन्तिली पाउण्डेसनको संयोजनमा प्रतिभा बहुउद्देश्यीय सहकारीको सहकार्यमा निशुल्क खाना खुवाउने ब्यवस्था गरिएको प्रतिभा सहकारीका अध्यक्ष माधव तिमिल्सिनाले जानकारी दिए ।

उनले त्यस्ता ब्यक्तीहरुलाई बैशाख २३ गते बिहान ९ बजे देखि दिउँसो १२ बजे सम्म र बेलुका ५ बजे देखि ७ः ३० बजे सम्म खाना खुवाउने प्रवन्ध मिलाएको बताए । संस्थाको भवन रहेको स्थान, थसिखेलमा खाना खुवाउने र उक्त वडामा भएकाहरुलाई खाना खुवाउने स्थानसम्म आउन नसक्ने, अशक्त अवस्थामा भएर पनि आउन नसक्ने जानकारी आएमा संस्थालेने खाना पुर्याइदिने ब्यवस्था गरेको अध्यक्ष तिमिल्सिनाले बताए । 
 



Leave a comment