हाइलाइट

सुप्रिम साकोसद्धारा १८ स्थानीयतहलाई सहयोग

सुप्रिम साकोसद्धारा १८ स्थानीयतहलाई सहयोग :: Sahakari Akhabar

ललितपुर । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले कार्यक्षेत्र भित्रका १८ स्थानीयतहलाई आर्थिक सहयोग गरेको छ । संस्थाले काठमाडौं महानगरपालिका तथा ललितपुर उपमहानगरपालिकाका स्थानीयतहहरुको विपद कोषमा सहयोग गरेको हो । महानगरपालिका हरुलाई ४० हजार, नगरपालिकाहरुलाई ३० हजार तथा गाउपालिकाहरुलाई २५ हजारका दरले सहयोग गरेको संस्थाले जनाएको छ ।

संस्थाले कर्मचारीहरूको फागुन महिनाको पाँचदिनको तलब भत्ता र संस्थाको विभिन्न कोषमा जम्मा भएको रकम लकडाउनको अवस्था दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने लगाएतका विपन्न वर्गलाई राहत पुगोस् भन्ने उदेश्यले स्थापना भएको विपद व्यवस्थापन कोषमा सहयोग गरेको हो । सहयोग काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य र ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलाई संस्थाका बरिष्ठ प्रवन्धक समिना खनाल र सहायक अधिकृत भोलाकुमार बिडारीले हस्तान्तरण गरेका थिए ।
 



Leave a comment