शिव शिखर कृषि सहकारीद्धारा श्रमिकलाई राहत वितरण

शिव शिखर कृषि सहकारीद्धारा श्रमिकलाई राहत वितरण :: Sahakari Akhabar

पोखरा । शिवशिखर कृषि सहकारी संस्थाले पोखरा महानगरपालिकाका श्रमिकहरुलाई राहत वितरण गरेको छ । श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नम्वर ४ र ५ मा बस्ने ३ सय श्रमिक परिवारलाई शिव शिखर कृषि सहकारीको उत्पादन उपकार ब्राण्डका खाद्य सामाग्री बितरण गरेको हो ।

संस्थाले प्रति ब्यक्ती पाँच केजी चामल, एक केजी दाल, एक केजी नुन र एक केजी तेल राहत सहयोग गरेको जनाएको छ । राहत वितरण कार्यक्रममा पोखरा महानगर प्रमुख मानबहादुर जिसी, वडा नम्वर ५ का अध्यक्ष धनबहादुर नेपाली वडा नम्वर ४ का अध्यक्ष शंकरप्रसाद बास्तोला वडा सचिव केशवराज कोइराला तथा वडास्तरिय टाक्सफोर्स संयोजक पुष्करबहादुर श्रेष्ठ र वडा सदस्य सीता कोइराला, सीता नेपाली लगायतको उपस्थििति रहेको थियो ।

कोरोना भाईरसका कारण हरेक क्षेत्र त्रसित भयको अवस्थामा आर्थिक मन्दिका कारण धेरै कलकारखाना, उधोग धन्दा बन्द हुने अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा धेरै श्रमजिवि श्रमिकहरुको श्रम खोसियको छ ।

यसले गर्दा श्रमिकहरुपनि विपदमा भएकोले संस्थाले अति विपन्न श्रमिकहरुलाई शिव शिखर सहकारीको उत्पादन उपकार ब्राण्डका खाद्य सामाग्री बितरण गरेको संस्थाका पोखरा सेवा केन्द्रका मुख्य सह प्रवन्ध निर्देशक शुसिल बानियाले बताए । उनले पोखरा महानगरपालिका लाई एक लाख मूल्य बराबरको आधुनिक स्प्रे ट्याङ्क सहयोग गरेको र भोलीका दिनमा पनि संस्थाले नगरबासी तथा विपद्मा परेकालाई सहयोग गर्ने बताए ।



Leave a comment