काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले विपद् व्यवस्थापन उपसमिति गठन गरेको छ । उपसमितिको संयोजक महाप्रसाद रेग्मी रहेका छन् भने सदस्यहरुमा कोषाध्यक्ष इन्द्रप्रसाद गेलाल, सञ्चालक शेखर बस्नेत, चाबहिल सेवा केन्द्र प्रमुख पुरन कुँवर र मुख्य कार्यालय माछापोखरीका व्यवस्थापक प्रदीप जोशी रहेका छन् ।
उपसमितिले आन्तरिक रुपमा तरलता व्यवस्थापन, जोखिम व्यवस्थापन, बचत र ऋणको अवस्था बारेमा अध्ययन गरिरहेको सोही अध्ययनको आधारमा बचत तथा ऋणलाई व्यवस्थापन गर्न अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर संस्था अगाडि बढ्ने संस्थाका प्रबन्ध सञ्चालक महाशंकर रेग्मीले जानकारी दिए ।
संस्थाले गत चैत्र २६ गते देखि नै कार्यालय सञ्चालन गरी सदस्यलाई सेवा दिँदै आएको रेग्मीले बताए । संस्थाले चैत्र २६ गते यता करिब हजार जना सदस्यलाई सेवा दिइसकेको उनले बताए । संस्थाले असहज परिस्थितिका बीच पनि कर्मचारी खटाई गाडीको व्यवस्थपान गरी घरदैलोमा नै बचत ऋणको सुविधा उपलब्ध गराएको रेग्मीको भनाइ छ ।
संस्थाले राष्ट्रिय सहकारी महासंघले सुरु गरेको कोरोना नियन्त्रण केन्द्रलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको जानकारी दिए । उनले मध्यपुर थिमी नगरपालिका वडा नम्वर २ मगरगाउँका दृष्टिविहीन तथा शारिरीक रुपमा अशक्त परिवारलाई सहयोग गरेको जानकारी दिए । संस्थाले दृष्टिविहीन तथा शारिरीक रुपमा असक्त १७ परिवारलाई वडा कार्यालयको संयोजनामा ग्याँस सिलिण्डर लगाएत खाद्यान्न खरिदकालागि नगद सहयोग गरेको बताए । उनले ४७ जना दृष्टिविहिन तथा शारिरिक रुपमा अशक्त व्यक्ति लाभान्वित भएको बताए ।
Leave a comment