बिपद कोषमा हसना भाष्तिपुर साकोसको सहयोग

बिपद कोषमा हसना भाष्तिपुर साकोसको सहयोग :: Sahakari Akhabar

काठमाडौं । बलम्बुमा रहेको हसना भाष्तिपुर बचत तथा ऋण सहकारी संस्थाले चन्द्रागिरी नगरपालिकाको विपद् ब्यवस्थापन कोषमा १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गरेको हो ।

संस्थाले बैशाख १७ गते नगरपालिकाका मेयर घनश्याम गिरीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको थियो । त्यसैगरी संस्थाले बलम्बु स्वास्थ्य चौकीलाई तापक्रम नाप्ने थर्मोगन १ थान, माक्स १ बाकस र १९ हजार ५ सय २१ रुपैंया सहयोग गरेको संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनले जानकारी दिए ।

संस्थाले सन्चारकर्मिहरु माक्स १ बाकस प्रधान कार्यालयबाट र सेवा केन्द्रबाट माक्स २ बाकस, तापक्रम नाप्ने थर्मोगन २ थान तथा सदभाब नेपाल तथा स्वयंसेवकहरुलाई माक्स १ बाकस सहयोग गरेको छ ।

विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्था रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने अति विपन्न लगाएत विभिन्न संघ संस्थालार्य सहयोग गरेको अध्यक्ष महर्जनले बताए । 



Leave a comment