सहकारी बैंक र नेफ्स्कूनले संयुक्तरुपमा केन्द्रिय तरलता कोष स्थापना गर्ने 

सहकारी बैंक र नेफ्स्कूनले संयुक्तरुपमा केन्द्रिय तरलता कोष स्थापना गर्ने  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले वित्तिय सहकारी क्षेत्रलाई आवश्यक पर्ने वित्तिय उपलब्धतालाई सहज बनाउन विपद ब्यवस्थापन केन्द्रिय तरलता कोष सुरुवात गर्ने भएको छ ।

बैंक र नेफ्स्कूनले सयुक्तरुमा कोष स्थापनाकालागि सहकार्य गर्ने सहमती भएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा दुवै संस्थाले आफ्ना वित्तिय कारोबारको ब्याजदरमा एकरुपता कायम गर्ने, उल्लेख गरेका छन् । विज्ञप्तीमा दुवै संस्थाले सहकारीमा आउनसक्ने संकटमा वित्तिय ब्यवस्थापन गर्न सहमती गरेका छन् ।

रणनितिक ढंगले सहकारी अभियानलाई ब्यवस्थित र ब्यवसायीक बनाउन आवश्यक सहकार्य गरी अघि वढ्न बैंक तथा नेफ्स्कूनका अध्यक्षले सहमती पत्रमा हस्ताक्षर गरेका छन् । यसकालागि दुवै संस्थाका प्रमुख कार्यकारी अधिकृत पदेन सदस्य रहने गरी ८ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलको संयोजक नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन् भने सदस्यहरुमा सहकारी बैंकका सरिता भट्टराई, ज्ञानबहादुर तामाङ र रामहरी बजगाई तथा नेफ्स्कूनका दामोदर अधिकारी र दिपक पनेरु सदस्य रहेका छन् । कार्यदलले सदस्यहरुमा उपलब्ध गराउने सेवा, नितीगत बहस पैरवी तथा प्राविधिक विकासमा अघि वढ्ने मार्गदर्शका बारेमा विस्तृत गृहकार्य गरी प्रतिवेदन वुझाउने निणर्य भएको विज्ञप्तीमा उललेख छ ।



Leave a comment