बुडोल सामुदायीक साकोसले ब्याजमा छुट दिने

बुडोल सामुदायीक साकोसले ब्याजमा छुट दिने :: Sahakari Akhabar

काभ्रे । बनेपामा रहेको बुडोल सामुदायीक बचत तथा ऋण सहकार संस्थाले सदस्यहरुलाई ऋणको ब्याजमा १५ प्रतिशत छुट दिने निणर्य गरेको जनाएको छ । संस्थाले सूचना प्रकाशन गरी नियमित बचतको एक महिनाको हर्जाना लगाएत ऋणमा ५ देखि १५ प्रतिशत सम्म ब्याज छुट दिने बताउको हो ।

साथै संस्थाले बन्दाबन्दी शुरु भएपश्चात संस्थालाई बुझाउनुपर्ने ऋणको किस्ता बुझाउन नसके अवश्था हेरी ६ महिनासम्मको समय थप गर्न सकिने समेत जनाएको छ । साथै संस्थाले संचालन गरेको मोबाइल एप सदस्यले बैशाख महिनाभरमा निबेदन दिइ संचालन गर्न चाहेमा बार्षिक शुल्क छुट दिने निणर्य भएको संस्थाका बरिष्ठ कार्यकारी अधिकृत बिवेकराज ठकुरीले जानकारी दिए ।
 



Leave a comment