शिखरदिप सहकारीद्धारा ५० परिवारलाई खाद्यान्न सहयोग 

शिखरदिप सहकारीद्धारा ५० परिवारलाई खाद्यान्न सहयोग  :: Sahakari Akhabar

काठमाडौं । कौशलटारमा मुख्य कार्यालय रहेको शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौं महानगरपालिका वडा नम्वर ३० तथा बातावरण मैत्री समाजसंगको संयोजनमा ५० घर परिवाकालागि खाद्यान्न सहयोग गरेको छ ।

संस्थाले प्रत्येक घर परिवारकालागि ५ किलो चामल, १ किलो नुन, १ किलो दाल तथा १ किलो मस्यौराको राहत प्याकेज बनाई वितरण गरेको हो । संस्थाले वडा कार्यालयको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत सहायता कोषमा सहयोग गरेको जनाएको छ ।

विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्था रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने लगाएतका विपन्न वर्गलाई राहत पुगोस् भन्ने उदेश्यले स्थापना भएको उक्त कोषमा राहत सहयोग गरेको मुख्य प्रवन्धक लिलानाथ गौतमले बताए ।



Leave a comment