बालकुमारी साकोसद्धारा एक सय बोरा चामल सहयोग 

बालकुमारी साकोसद्धारा एक सय बोरा चामल सहयोग  :: Sahakari Akhabar

भक्तपुर । ठिमीमा रहेको बालकुमारी बचत तथा ऋण सहकारीले भक्तपुरका ४ वटै नगरपालिकाहरुलाई एक सय बोरा चामल राहत उपलब्ध गराएको छ ।

कोरोना भाइरकको त्रासका कारण गरिएको लकडाउन लम्बिँदै जाँदा समुदायमा रहेका विपन्न वर्गको जीवन कष्टकर हुँदै गएकोले थोरै भएपनि सहायता पुगोस् भन्ने उद्देश्यले राहत स्वरुप चामल सहयोग गरेको संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठले बताए । संस्थाले नगरपालिकाको कोरोना संक्रमण, नियन्त्रण तथा विपद् व्यवस्थापन कोषलाई उक्त राहत सामग्री उपलब्ध गराएको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मध्यपुर थिमि नगरपालिकालाई ५० बोरा, सूर्यविनायक नगरपालिकालाई ३० बोरा, भक्तपुर नगरपालिकालाई १० बोरा र चाँगु नारायण नगरपालिकालाई १० बोरा गरी १०० बोरा जिरा मसिनो चामल राहत हस्तान्तरण गरेको हो । 
त्यसैगरी ऋण लिएका सदस्यहरुले जेठभित्र चैत्र र बैशाख महिनाको ब्याज भुक्तानी गरेमा १० प्रतिशत ब्याज छुट दिने निर्णय गरिएको उनले बताए ।

त्यसैगरी विषम परिस्थितिलाई मध्यनजर गर्दै  संस्थाले असार मसान्तसम्म ऋण भुक्तानीमा कुनै प्रकारको जरिवाना नलिने भएको छ । किस्ताबन्दीमा ऋण लिएकाहरुले हाललाई ब्याज मात्रै तिरे हुने र साँवा भने पछि बुझाउन मिल्ने व्यवस्था संस्थाले गरेको छ । संस्थाले अपरान्ह ४ बजेदेखि ६ बजेसम्म कार्यालय सञ्चालन गरी सदस्यलाई सेवा दिँदै आएको छ । सदस्यको आवश्यकता हेरि ठूलो रकम चेकमार्फत र सानो रकम नगद नै उपलब्ध गराउँदै आएको ब्यवस्थापक श्रेष्ठले बताए ।  
 



Leave a comment