वित्तिय सहकारीलाई कार्यालय खोल्न बाग्मती प्रदेश सरकारको निर्देशन

वित्तिय सहकारीलाई कार्यालय खोल्न बाग्मती प्रदेश सरकारको निर्देशन :: Sahakari Akhabar

हेटौंडा । दैनिक तीन घण्टा सदस्यलाई सेवा दिन बाग्मती प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सूचना जारी गरेको छ । मन्त्रालयले सुरक्षा विधि, उपाय तथा सामाजिक दुरी कायम गरी बढीमा ३ जना कर्मचारी राखेर दैनिक ३ घण्टा सेवा दिन बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई सूचना जारी गरेको हो ।

बिहीबार ‘सहकारी संस्थाका लागि सूचना जारी गर्दै बढीमा तीन जना कर्मचारीबाट दैनिक ३ घण्टा कार्यालय खोली सेवा दिन निर्देशन दिएको हो । लकडाउनका कारण सदस्यलाई पर्न सक्ने आर्थिक समस्याबाट बचाउन बागमती प्रदेश कार्यक्षेत्र रहेको बचत तथा ऋण संस्थाहरुलाई कार्यालय खोली सेवा दिन निर्देशन दिएको हो । बिहीबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले उक्त निर्णय गरेको रजिष्ट्रार केशव खनालले जानकारी दिए ।
 



Leave a comment