बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारीले आंशिकरुपमा सेवाकेन्द्र लगाएतका कार्यालय खोली सदस्यलाई सेवा दिने भएको छ । संस्थाले सवै कार्यालय विहान १० बजे देखि दिउँसो १ बजे सम्म खोल्ने जनाएको हो ।
संस्थाले बनेपा, पनौती, खोपासी, ढुंखर्क, पाँचखाल र भकुण्डे कार्यालयबाट सदस्यलाई आवश्यक खाद्ययान्न सामाग्री खरिद तथा औषधी उपचार खर्चकालागि कार्यालय खोलेर कारोबार गर्ने जनाएको छ ।
संस्थाले उक्त अवधिमा अत्यावश्यक बचत झिक्न, ऋणको साँवा ब्याज बुझाउन र रकम बचत गर्न सकिने संस्थाका प्रमुख ब्यवस्थापक केबी लामाले जानकारी दिए ।
Leave a comment