सहकारी साकोसको सेवा बिहान ७ बजे देखि बेलुका ४ बजेसम्म

सहकारी साकोसको सेवा बिहान ७ बजे देखि बेलुका ४ बजेसम्म :: Sahakari Akhabar


काठमाडौं । सहकाली बचत तथा ऋण सहकारी संस्थाले बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा दिन थालेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विशेष सावधानी अपनाउँदै सदस्यहरुलाई बिहानदेखि अपरान्ह ४ बजेसम्म सेवा दिन थालेको प्रमुख कार्यकारी अधिकृत बालकुमार बास्तोलाले जानकारी दिए ।

कर्मचारीहरुलाई दुई शिफ्टमा बाँडेर काम गर्ने व्यवस्था मिलाइएकाले सदस्यहरुले सहज रुपमा कारोबार गर्न सक्ने उनले बताए । बैंक तथा वित्तीय संस्था नखुलेका कारण तरलता व्यवस्थापनमा केहि कठिनाइ भएको उनको भनाई छ । यद्यपि राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुनले विषम परिस्थितिमा पनि तलरता व्यवस्थापन गर्न सघाउ पुर्‍याइरहेकोले संस्थाबाट दैनिक ४० देखि ५० जनाले सेवा लिइरहेको बास्तोलाले बताए ।

संस्थाले यस अघि सामाजिक उत्तरदायित्व बहन गर्दै पत्रकार महासंघलाई ३०० थान सेनिटाइजर, १००० जोर पंजा, ५०० माक्स र नगरपालिका, स्थानीय प्रहरी लगायतलाई २००० थान माक्स बितरण गरिसकेको छ । त्यसैगरी संस्थाले कागेश्वरी नगरपालिका वडा नं. ९ ले स्थापना गरेको कोरोना रोकथाम कोषमा ५५ हजार ५५५ रुपैया सहयोग गरेको छ ।



Leave a comment