चन्द्रसूर्य साकोसद्धारा राहत वितरण

चन्द्रसूर्य साकोसद्धारा राहत वितरण :: Sahakari Akhabar

ललितपुर । सातदोबाटोमा रहेको चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थाले बचत नै नभएका सदस्यलाई समेत खाद्यान्न समस्या परेमा सहयोग गर्ने जनाएको छ । संस्थाले आज बैशाख ८ गते लकडाउनको अवधि बढ्दै जाँदा ज्याला मजदुरी गर्ने, असहाय र विपन्न परिवाराई खाद्यान्न सहयोग गरेको छ ।

त्यसैगरी संस्थाले सदस्यलाई खाद्यान्न लगायतको समस्या परेमा संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ । सदस्यलाई परेको समस्या समाधान गर्न संस्था सदैव तयार रहेको संस्थाका अध्यक्ष रामशरण बस्नेतले बताए ।

ललितपुर महानगरका वडाहरु र श्रीकृष्ण प्रणामी क्लवको संयुक्त आयोजनामा लकडाउनबाट प्रभावित विपन्न परिवारलाई राहत वितरण गरिएको कार्यक्रममा संस्थाका उपाध्यक्ष रोशनलाल श्रेष्ठ, सचिव कमल केसी, कोषाध्यक्ष गोविन्द घिमिरे र सदस्यहरुको सहभागिता थियो ।
 



Leave a comment