काठमाडौं । जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई २५ हजार रुपैयाँसम्म सापटी दिने भएको छ । औषधी, उपचार र खाद्यान्न खरिदको लागि अत्यावश्यक परेमा सदस्यले २५ हजार रुपैयाँसम्म सापटी पाउने संस्थाले जनाएको छ ।
उक्त सापटी रकम अवस्था हेरेर तीन महिनाभित्र र्फिता गराउनु पर्ने संस्थालाई प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिए । ‘लकडाउनको समयमा सदस्यलाई पर्नसक्ने समस्यालाई मध्येनजर गर्दै २५ हजार रुपैयाँसम्म सापटी दिने निर्णय गरेका हौं’, प्रमुख पाठकले भने ‘अहिलेको अवस्था नै यस्तै छ, जो कोहीलाई पनि समस्या पर्न सक्छ ।
त्यसैलै पैसा अभाव भएमा सापटी दिने निर्णय गरेका हौं ।’ नेचुरल सहकारी सदस्यप्रति सधै जिम्मेवार रहेको पाठकले बताए । सदस्यहरुलाई परेको हरेक समस्या समाधान गर्न नेचुरल सहकारी प्रतिवद्ध रहेकोले कार्यालयसम्म आएर सेवा लिन नसक्ने अवस्थामा सदस्यकै घरमा पुगेर सेवा प्रदान गरिरहेको समेत पाठकले बताए।
संस्थाले सातामा चार दिन कार्यालयबाटै पनि सेवा प्रवाह गरिरहेको छ । आईतबार शाँखु सेवा केन्द्र, सोमबार मुख्य कार्यालय, मंगलबार काडाँघारी सदस्य सम्पर्क कार्यालय र बिहीबार नयाँबजार सेवा केन्द्रबाट सेवा प्रवाह गर्दै आएको छ । संस्थाले हाल दुई घण्टा ९बिहान १० बजेदेखि १२ बजेसम्म० मात्र कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । संस्थाको एटिएम, मोबाईल बैंकिङ र ई–बैकिङबाट भने २४ सै घण्टा सेवा लिन सकिने संस्थाले जनाएको छ ।
Leave a comment