भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको नागरिक विकास बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत सहायता कोषमा ५० हजार सहयोग गरेको छ ।
संस्थाले मध्यपुर ठिमी नगरपालिकाका वडा नम्वर ३ को विपत व्यवस्थापन कोषमा सहयोग गरेको संस्थाका अध्यक्ष नुनम सुब्बाले जानकारी दिए । उनले संस्थाको सेवा कार्यालय ललितपुरको इमाडोल प्रहरी चौकीमा पानी ट्याङ्की सहयोग गरेको बताए ।
विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्था रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने लगाएतका विपन्न वर्गलाई राहत पुगोस् भन्ने उदेश्यले स्थापना भएको विपत व्यवस्थापन कोषमा उक्त रकम सहयोग गरेको सुब्बाले बताए ।
साथै सदस्यहरुलाई आपतकालिन अवस्थामा खाद्यान्न खरिद तथा औषधी उपचारकालागि रकम आवश्यक परेमा सम्पर्क ब्यक्ती तोकेर सेवा दिईरहेको र संस्थाले २५ हजारसम्म बचत भुक्तानी गरिरहेको जानकारी दिए ।
Leave a comment